चिठा, अनलाइन शपिंगको नाममा ठगी गर्ने चिनियाँ नागरिकसहित तीनजना पक्राउ

SHARE:

वीरगंज, १८ चैत । कल सेन्टर स्थापना गरी अनलाइन ठगी गर्ने गिरोहका चिनियाँ नागरिक सहित तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ ।
 
वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मनवा स्थित नन्दू पटेलको दुर्ई तल्ले घर भाडामा लिई अनलाइनको माध्यमबाट ठगी गर्न स्थापना गरिएको कल सेन्टरमा प्रहरीले छापामारी गरी दुर्ई चिनिया नागरिकलाई पक्राउ गरेको हो ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पटेलको घरमा छापामारी गरी अनलाईन ठगीका लागी स्थापना गरिएको कल सेन्टरबाट ६० थान भन्दा बढि कम्प्युटर तथा ल्यापटप लगायतका उपकरणका साथै टेबल, कुर्सी र केही मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले शनिवार बिहान वीरगंज महानगरपालिका वडा नं. १६ स्थित नगवाबाट दुर्ई जनालाई पक्राउ गरी अनुसन्धान गर्दै जाने क्रममा चिनिया नागरिक पनि पक्राउ परेको बताइएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार बिक्रम थापाले कल सेन्टर स्थापना गरी अनलाईन (वाट्सएप) मार्पmत सर्वसाधारणलाई चिठ्ठा परेको भनी फोन र म्यासेज गरी ठगी गर्ने कार्य गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनु भयो । उहाले कल बाइपास (अवैध समानान्तर टेलिकम) संचालन गरेको चर्चामा आए पनि हाम्रो प्रारम्भिक अनुसन्धानले अनलाईन (वाट्स्एप) मार्पmत सर्वसाधारणलाई चिठ्ठा परेको भनी फोन र म्यासेज गरी ठगी गर्ने कार्य उनीहरूले गरिरहेको खुलेको बताउनु भयो ।
पछिल्लो समय वाट्स्एप मार्पmत फोन र म्यासेज गरी सर्वसाधारणलाई चिठ्ठा परेको भनी रोयाल्टी वापत रकम विभिन्न खातामा जम्मा गर्न लगाएर ठगी गर्ने गिरोह सकृय रहेको पटक–पटक फेला पर्दै आएको भए पनि पक्राउ भने परेको थिएन ।
सामाजिक सञ्जाल र मोबाइल फोन मार्पmत नेपाल, भारत, पाकिस्तान लगायतका मुलुकका नागरिकलाई विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो।
पक्राउ परेका चिनियाँ नागरिकहरूले विभिन्न देशका नागरिकबाट अनालइन ठगी गरेको रकम भारतका विभिन्न बैंकहरू मार्पmत कारोवार हुने गरेको देखिएका उनले बताए । उनीहरूले यो धन्दाका लागि नेपाल, भारत, पाकिस्तान लगायतका मुलुकमा आफना एजेन्टपनि राखेको तथ्य अनुसन्धानका क्रममा खुलेको ढुंगेलले बताए ।

नियन्त्रणमा लिइएका मोबाइल फोनमा रेकर्ड भएका संवाद चिनियाँ भाषामा रहेको र बयानका क्रममा उनीहरूले चिनियाँ भाषामै बोलिरहेकाले चिनियाँ भाषाविद् र अनुवादकहरूलाई बोलाएर थप अनुसन्धान गरिने ढुंगेलले बताए । त्यसपछि मात्रै यो गिरोहका वास्तिवकता खुल्ने उनले बताए ।
पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक र चिनियाँ भाषाको अनुवाद दुर्ई जना नेपाली नागरिक समेत रहेको बताइन्छ । ती मध्ये चिनियाँ नागरिकलाई मात्र आइतवार प्रहरीले सार्वजनिक गरेको छ । अनुवादक दुर्ई जना नेपालीको भने प्रहरीले परिचय खुलाएको छैन । पक्राउ पर्ने चिनियाँ नागरिकमा चिनको हुवान प्रान्तका ३३ वर्षीय लियु सियु साइ, हुबेइ प्रान्तका २६ वर्षीय वाङ्ग बोहान र हुबेइ प्रान्तकै ३६ वर्षीय जियाङ्ग जियो रहेका छन् ।
वीरगंजमा दुर्ई महिनादेखि कल सेन्टर कार्यालय नै स्थापना गरेर अनलाइन चिठ्ठा, अनलाइन सपिङ लगायतका जस्ता विभिन्न प्रकारका प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचना करिब डेढ महिना पहिले प्रहरीलाई प्राप्त भएको थियो ।
त्यहि सूचनाका आधारमा शनिवार अपरान्ह प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा डेरा लिएर बस्दै आएका लियु र वाङ्गलाई तथा वीरगंज महानगरपालिका वडा नम्बर ६ बाट छियाङ्गलाई नियन्त्रणमा लिएको थियो । उनिहरूलाई नियन्त्रणमा लिएलगत्तै पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल नेतृत्वको प्रहरी टोलीले उनिहरूले कल सेन्टर स्थापना गरेको वीरगंज १५ लक्ष्मणवास्थित नन्दू पटेलको घरमा पुगेर छापा मारेको थियो । त्यसक्रममा उक्त घरमा सञ्चालित कल सेन्टरबाट प्रहरीले ठूलो परिमाणमा विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, मोबाइल सेट,सिमकार्ड लगायतका सामग्री बरामद गरेको थियो।
अढाई तल्ले पूरा घर नै भाडामा लिएर सञ्चालन गरिएको उक्त कल सेन्टरको कार्यालयबाट डेक्सटप कम्प्युटर १२० थान, मनिटर ११८ थान, ल्यापटप ४ थान,विभिन्न ब्राण्डका मोबाइल ३५ थान, भारतीय जियो मोबाइलको सिम १३ थान, प्रिन्टर १ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाइफाइ राउटर २ थान, इनभर्टर २ थान,विभिन्न बैंकको एटिएम कार्ड तीन थान, मलेशीयन मुद्रा ३७ रिंगिट, कम्बोेडियन मुद्रा ३ हजार पाँच सय र नेपाली रुपियाँँ ४३ हजार तथा पक्राउ परेका तीनै जना चिनियाँ नागरिककको पासपोर्ट तीन थान बरामद गरिएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए । यस्तै उक्त घरबाटै बीआर ०१ सिएक्स ५७९२ नम्बरको सेतो रंगको आई ट्वान्टी कार एक थान र प्र.२–०३–०११ प १३६७ नम्बरको एफजेड मोटरसाइकल १ थानसमेत बरामद गरिएको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।
आइतवार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुंगेलले यो गिरोहमा संलग्न तीन जना चिनियाँ नागरिकलाई मात्र पक्राउ गरेको जानकारी दिएपनि प्रहरीले थप अरू दुर्ई जना चिनियाँ नागरिकलाई पनि नियन्त्रणमा लिएको छ । वीरगंजको होटल भिस्वाबाट प्रहरीले थप दुर्ई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । तर पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुंगेलले अनुसन्धानका क्रममा थप दुर्ई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएपनि अनुसन्धानका क्रममा उनिहरूको संलग्नता नदेखिएको बताए । प्रहरीको अनुसन्धानका क्रममा ती दुर्ई चिनियाँ नागरिक पर्यटकका रूपमा वीरगंजमा घुम्न आएको खुलेकाले उनिहरूलाई आवश्यक प्रकृया पूरा गरि रिहा गरिने बताए । यस्तै पक्राउ परेका चिनियाँ भाषका अनुवादक दुर्ई नेपाली नागरिकलाईपनि तारिखमा रिहा गरिने ढुंगेलले बताए ।
पत्रकार सम्मेलनमा प्रहरी उपरक्षिक ढुंगेलले प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीन जना चिनियाँ नागरिकले पटेलको घर भाडामा लिएर दुर्ई महिनादेखि कल सेन्टर कार्यालय स्थापना गरी कर्मचारीसमेत राखेर अनलाइन ठगी गर्दै आएका थिए ।

COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: चिठा, अनलाइन शपिंगको नाममा ठगी गर्ने चिनियाँ नागरिकसहित तीनजना पक्राउ
चिठा, अनलाइन शपिंगको नाममा ठगी गर्ने चिनियाँ नागरिकसहित तीनजना पक्राउ
https://blogger.googleusercontent.com/img/a/AVvXsEgK1lJ4bZoOkoGuCwNVekODcpuYnQrAy2CLkpOr6D_DbQtoYbvjgUcwVzvCnIWZ89W1ac3we1S8tyY5n84MMqnnT9SLNX5Zxs7wjbomATUq9q1YzZUJw5Mj1e1C9MdGQw2jzTUaWwr0BF7kQnNmDqTx3Gy5y0IkODI3kTRdpl1i6Im-x6XIb-1one0gD2k=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgK1lJ4bZoOkoGuCwNVekODcpuYnQrAy2CLkpOr6D_DbQtoYbvjgUcwVzvCnIWZ89W1ac3we1S8tyY5n84MMqnnT9SLNX5Zxs7wjbomATUq9q1YzZUJw5Mj1e1C9MdGQw2jzTUaWwr0BF7kQnNmDqTx3Gy5y0IkODI3kTRdpl1i6Im-x6XIb-1one0gD2k=s72-c
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2024/03/blog-post_31.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2024/03/blog-post_31.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy