वीरगंज २५ कार्तिक ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाको भ्रष्टाचारको एक पछि अर्काे पोल खुल्दै गएको छ ।
मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंजको ट्राफिक ब्यवस्थापनलाई भन्दा रकम उगाई हुने शुख्खा बन्दरगाह, परवानिपुर, गण्डक, बसपार्क रजतजयन्ति चौकलगाएतको स्थानमा ट्राफिक प्रहरी परिचालन गरेका ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले गरेको अनियमित कार्यको अर्काे पोल खुलेको हो ।
अधिक भारवाहन बोकेका मालवाहक ट्रकहरूलाई ट्राफिक प्रहरीले पुर्जी काटेर यातायात ब्यबस्था कार्यालय पठाउनु पर्ने कानुनि ब्यबस्था हुदाहुदै ट्राफिक प्रहरी निरीक्षक खतिवडाले टेन्डरमा पठाएका ट्राफिक प्रहरीले तोकिएको भन्दा बढि भारवाहन बोकेका नेपाली तथा भारतिय ट्रकहरूसङ्ग रकम असुल गरि कारवाहि नगरी छाड्ने गरेको खुलासा भएको छ । तथ्यांक आफै बोल्छ नारायणी यातायात ब्यबस्था कार्यालय वीरगंजको तथ्यांक अनुसार गत आर्थिक वर्षको साउनदेखि अशोज मसान्तसम्म ६ महिनामा अधिक भारवाहन भएका मालवाहक ट्रकहरू ५०४ वटा ट्राफिक प्रहरीले पठाएको माथी कार्वाही भएको थियो भने चालु आर्थिक वर्षको सोही अबधिमा जम्मा १३८ वटा मालवाहक ट्रक कार्वाहीको लागी ट्राफिक प्रहरीले पठाएको देखिन्छ । अझै बाँकी छ प्रतिक्षा गर्नुहोस ?
ट्राफिक प्रहरी निरीक्षक खतिवडाको एकपछि अर्काे पोल खुल्दै
COMMENTS