वीरगञ्ज । सिर्सिया नदिलाई प्रदूषण मुक्त बनाउन संघ सरकारले कुनै काम नगरेको सांसद प्रदीप यादवले आरोप लगाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनीधिसभा सदस्य (सांसद्) यादवले सिर्सिया नदिलाई प्रदूषण मुक्त बनाउन वीरगञ्ज महानगरपालिकाको एकल प्रयासले सम्भव नभएको बताए ।
पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले भने, ‘सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन वीरगञ्ज महानगरपालिकाको एकल प्रयास प्रयाप्त छैन, यसमा संघ सरकारले भूमिका खेल्नै पर्छ । महानगरले पटक–पटक जरिवाना गर्दापनि उद्योगहरुले अटेरी गर्दै आएका छन् ।’
अभियानताहरुले सिर्सिया नदिको प्रदूषित पानी बोकेर वीरगञ्जदेखि काठमाडौँसम्मको पदयात्रा गरीरहेको जानकारी गराउँदै उनले सिर्सिया नदिको सफाईका लागि संघ सरकारले कुनै कदम नउठाएको भन्दै आपत्ती जनाए । नदिलाई प्रदूषित बनाउने उद्योगलाई कारवाही गर्न र नदिलाई प्रदूषणमुक्त बनाउन सांसद यादवले संघ सरकारका उद्योग मन्त्रीको पनि ध्यानाकर्षण गराएका छन् ।
‘संघ सरकारका उद्योग मन्त्री पर्सावासी हुनुहुन्छ । सिर्सिया नदिलाई प्रदूषित गर्ने उद्योगलाई कारवाही गर्ने उहाँको अधिकार क्षेत्र भित्र पर्छ । हालसम्म उहाँले यसको लागि के गर्नुभएको छ ? संसद् मार्फत जानकारी गराउन अनुरोध गर्दछु’, यादवले भने ।
The post उद्योग मन्त्रीलाई पूर्वमन्त्री यादवको प्रश्न ‘सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन के गर्दै हुनुहुन्छ ?’ appeared first on Nepal Post Daily.
from Nepal Post Daily https://ift.tt/Ngwz93J
via Source link
COMMENTS