वीरगंज–१२ को सार्वजनिक जग्गामा अवैध मदिरा भट्टी, मेयर सिंहको संरक्षण भएको आरोप

SHARE:


वीरगंज । वीरगंज महानगरपालिकाले वडा नं. १२, ब्रम्हचोकमा रहेको एउटा सार्वजनिक जग्गामा अवैध मदिरा भट्टी सञ्चालन भएपछि स्थानीयवासीले विरोध गरेका छन् । 

नगर विकासको स्वामित्वमा रहेको सार्वजनिक कल्भर्टको करोडौं मूल्य पर्ने ३६० वर्गफिट (१३ धुर) जमिन, जहाँ वर्षाै पुरानो पिपलको बोट थियो र स्थानीयहरूले पूजा पाठ समेत गर्ने गर्थे सो स्थानमा रक्सी पसल संचालन गर्न महानगरले स्थानीय दिवेन्द्र (दिपेन्द्र) गुप्ता नाम गरेको व्यक्तिलाई भाडामा दिएपछि ब्रह्रचोकका स्थानीयवासी आक्रोशित बनेका छन् ।

ब्रह्रचोकका स्थानीयवासीले जल चढाउने र पूजापाठ गर्दै आएको पीपलको रूखलाई हटाएर उक्त स्थानमा गुप्ता सेकुवा कर्नर सञ्चालन गर्नलाई भाडामा उपयोग गर्न वीरगंज महानगरपालिकाले २०७९ पुष १२ गते दिवेन्द्र गुप्ताको नाउँमा मासिक ५ हजार ४ सय भाडा महानगरपालिकालाई बुझाउने शर्तमा दिएको जानकारी प्राप्त हुन आएको छ ।

नेपाल सरकारले सार्वजनिक जग्गा प्रयोग सम्वन्धमा छुट्टै कार्यविधि र मापदण्ड बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्बन्धी मापदण्ड २०७७ को दफा ३ मा सार्वजनिक जग्गा सरकारी विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्र, सरकारी कार्यालय वा काम काजको लागी मात्र प्रयोग गर्न सकिने व्यवस्था गरेको छ।

मापदण्डले स्थानीय तह भित्र रहेका सार्वजनिक जग्गाको संरक्षण र संवद्र्धनको जिम्मेवारी मात्र स्थानीय तहलाई तोकेको छ । वडा कार्यालय भित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्ने पहिलो दायित्व वडा कार्यालयको हुनेछ भनिएको छ तर वीरगंज महानगरपालिकाले वडा कार्यालयसँग कुनै समन्वय नै नगरि सार्वजनिक जग्गामा रक्सी व्यवसाय गर्न भाडामा दिएको बताइन्छ ।

सार्वजनिक सम्पति स्थानीयवासीको अधिकतम हितमा प्रयोग गर्ने उद्देश्यले त्यसको संरक्षण र प्रवद्र्धन गरिनु पर्नेमा वडावासीसँग कुनै सरोकार नराखी एउटा व्यक्तिलाई रक्सी व्यवसाय संचालनको लागि भाडामा दिनु दुःखद कुरा भएको वडावासीहरू बताउँछन् ।

व्यक्तिगत जग्गामा नक्सापास नगरी बनाइएको घर डोजर लगाएर भत्काउने तर महानगरका जन प्रतिनिधि एवं कर्मचारीलाई रिझाएर भाडा लिन सफल सो जग्गामा कुनै नक्सा पास नै नगरी रक्सी पसल सञ्चालनकोलागि पक्की निर्माण भइरहेको छ ।

ब्रम्हचोकमा बाइपासरोडसँग जोडिएको उक्त जग्गा मासिक पाँच हजार चार सयमा भाडामा दिनुको सट्टा सो स्थानमा वडा नं. १२ को कार्यालयको भवन निर्माण गर्ने हो भने हाल वडा नं. १२ कार्यालयले मासिक रूपमा तिर्दै आएको अफिस भाडा ३५ हजार र स्वास्थ्य चौकीले तिर्दै आएको भाडा ११ हजार गरि मासिक ४६ हजारको दरले पाँच वर्षमा २७ लाख ६० हजार रुपियाँँ बचत हुने थियो तर महानगरपालिकाले व्यक्ति रिझाउन महानगरलाई आर्थिक भारमा पारेको देखिन्छ ।

प्राप्त खबर अनुसार वीरगंज महानगर शिक्षा समितिका सदस्य मदन गुप्ताका भतीजा राजु गुप्ताले महानगरमा सुपरभाइजरको नियुक्त लिएर तलब महानगरबाट तलब बुझने तर ड्युटी भने अन्य कारखानामा गर्ने गरेको छ । 

सार्वजनिक जग्गा संरक्षणको नाउँमा वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले द्वैध चरित्र देखाएको स्थानीयले आरोप लगाएका छन् । महानगरले संरक्षण गर्नुपर्ने सार्वजनिक जग्गा मेयर राजेशमान सिंहले आफ्ना नजिकका व्यक्तिलाई अनन्तकाल सम्म प्रयोग गर्न दिएको तथ्य सार्वजनिक भएको बताइन्छ ।

मेयर राजेशमान सिंहले एकातिर व्यक्तिले कब्जा गरेको सार्वजनिक जग्गा महानगरको नियन्त्रणमा ल्याउने अभियान चलाएका छन भने अर्काे तर्पm महानगरले संरक्षण गर्नुपर्ने जग्गा धमाधम व्यक्तिको नाउँमा कौडीको भाउँमा दिने गरेका छन् । यसबाट उनको असली नियत उदाङ्गो भएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको ठाडो आदेशमा महानगरपालिकाले नगरविकासको स्वामित्वमा रहेको सार्वजनिक कल्र्भडको ३६० वर्गफिट जमिन वीरगञ्ज १२ का व्यवसायी दिपेन्द्र गुप्ताको नाउँमा रक्सी पसल संचालन गर्न भाडामा दिएका छन् ।

मेयरको आदेशमा व्यक्तिलाई पसल संचालनको लागि सार्वजनिक जग्गा न्यूनतम शुल्क भाडा लिने गरी दिइएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

महानगरपालिकाले लिखित रूपमा जग्गा दिएपछि गुप्ता सेकुवा कर्नरले सार्वजनिक जमिनमा स्थायी संरचना बनाएको छ । अहिले त्यसठाउँमा धमाधम पक्की भवन बन्दै छ ।

वीरगञ्ज महानगरपालिकाले २०७९ पुष १२ गते दिवेन्द्र गुप्ताको नाउँमा मासिक ५ हजार ४ सय भाडा महानगरपालिकालाई बुझाउने शर्तमा अननतकाल सम्मको लागि उक्त जमिन उपभोग गर्न दिएपछि स्थानीयबासीले सार्जजनिक जमिनमा रक्सी पसल सञ्चालन गर्न नदिन जिल्ला प्रशासन कार्यालय पर्सा र महानगरपालिकाको वडा नं. १२ को कार्यालयमा निवेदन दिएका थिए ।

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सार्वजनिक जमिनमा रहेका अतिक्रमण हटाएको प्रचारवाजी गर्दै हिडेपनि भित्री रूपमा महानगरपालिकाको स्वामित्वमा नभएको सार्वजनिक जमिन समेत रक्सी पसल संचालनका लागि व्यक्तिलाई अननतकाल सम्म प्रयोग गर्न दिने नीतिले मेयर सिंहको बाहिर देखाउने एउटा र भित्र अर्कै प्रवृत्ति देखेपछि स्थानीयवासीले मेयरका विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेका छन ।

नेपाल सरकारले सार्वजनिक जग्गा प्रयोग सम्वन्धमा छुट्टै कार्यविधि र मापदण्ड बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्वन्धि मापदण्ड २०७७ को दफा ३ मा सार्वजनिक जग्गा सरकारी विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्र, सरकारी कार्यालय वा काम काजको लागी मात्र प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

मापदण्डले स्थानीय तह भित्र रहेका सार्वजनिक जग्गाको संरक्षण र सम्वद्र्धनको जिम्मेवारी मात्र स्थानीय तहलाई तोकेको छ । वडा कार्यालय भित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्ने पहिलो दायित्व वडा कार्यालयको हुने छ भनिएको छ तर वीरगञ्ज महानगरपालिकाले वडा कार्यालयसँग कुनै समन्वय नगरि सार्वजनिक जग्गामा रक्सी व्यवसाय गर्न भाडामा दिएको वडा अध्यक्ष सुरेश गुप्ताले बताए ।

वडा कार्यालयलाई कुनै जानकारी नदिई मेयर राजेशमान सिंहले व्यक्तिलाई सिधै अननतकाल सम्मको लागि सार्वजनिक जग्गा प्रयोग गर्न दिएको प्रति आफ्नो असहमती रहेको वडा अध्यक्ष गुप्ताले बताए । उनले स्थानीयवासीको पवित्र पुजा पाठ गर्ने ठाउँलाई हटाएर रक्सी संचालन गर्न दिनु आफैमा अपराध भएको बताए ।

सार्वजनिक सम्पति त स्थानीयवासीको अधिकतम हितमा प्रयोग गर्ने उद्देश्यले त्यसको संरक्षण र प्रवद्र्धन गरिनु पर्नेमा वडावासीसँग कुनै सरोकार नराखी एउटा व्यक्तिलाई रक्सी व्यवसाय संचालनको लागि भाडामा दिनु दुखद कुरा भएको वडा अध्यक्ष गुप्ताले बताए । म स्थानीय जनताको पक्षमा छु सार्वजनिक सम्पति कुनै व्यक्तिलाई हकभोग गर्न दिने बिषय ऐन कानुनको विरूद्ध छ यसमा वडा कार्यालयको तर्पmबाट सार्वजनिक हितमा प्रयोग गर्ने गरी पहल हुन्छ गुप्ताले भने ।


COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: वीरगंज–१२ को सार्वजनिक जग्गामा अवैध मदिरा भट्टी, मेयर सिंहको संरक्षण भएको आरोप
वीरगंज–१२ को सार्वजनिक जग्गामा अवैध मदिरा भट्टी, मेयर सिंहको संरक्षण भएको आरोप
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJ5zJBeci6G8T08_oQZEBXSlcBHkAdgdRgLy9VVq8CdJZJCDWSe7scuHQQuIsh3N7X-up6kjOy-jjyfU4RtL5llz6fZ88rv_mA5kDD4uP6gA0bFMAUEcIFbBc6MbLBkHacr5d6MA1rW7jdRDnFFjYm5gYLovCsEq2gSztuuVywxA3cm2sJTBs9m55u/w400-h346/wada%20no%2012.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJ5zJBeci6G8T08_oQZEBXSlcBHkAdgdRgLy9VVq8CdJZJCDWSe7scuHQQuIsh3N7X-up6kjOy-jjyfU4RtL5llz6fZ88rv_mA5kDD4uP6gA0bFMAUEcIFbBc6MbLBkHacr5d6MA1rW7jdRDnFFjYm5gYLovCsEq2gSztuuVywxA3cm2sJTBs9m55u/s72-w400-c-h346/wada%20no%2012.jpg
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2023/03/blog-post_10.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2023/03/blog-post_10.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy