कालिका कन्स्टक्शनको प्लान्टले प्रदूषण फैलायो धुवाँले तीन गाउँ प्रभावित, मानव स्वास्थ्यमा प्रत्यक्ष असर

SHARE:



वीरगंज, १५ मंसिर । 
वीरगंजको विकास निर्माणको ठेक्का लिएको कालिका कन्स्ट्रक्शनले वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा सञ्चालन गरेको कालोपत्रे गर्ने प्लान्टबाट निस्किने धूवाँले वातावरण दूषित भई तीन गाउँका बासिन्दाहरु प्रत्यक्ष मारमा परेका छन् ।
वीरगंज महानगर–१५ लक्ष्मणवास्थित नृसिंह माविको ३ बिघा जग्गामा दुई वर्षदेखि सञ्चालित कालिका कन्स्ट्रक्शनको प्लान्टबाट निस्किने धूवाँले वातावरण प्रदूषित गरेको भन्दै पटक–पटक विरोध हुँदै आएपनि त्यसको समाधान भएको छैन । घना मानव बस्तीको बीचमा रहेको सो प्लान्टबाट निस्किने धुवाले वीरगंज महानगरपालिका–१५ लक्ष्मणवा, वडा नं. १४ पिपरा र बाराको नौतन गाउँका बासिन्दाहरु प्रत्यक्ष मारमा परेका छन् । 
प्लान्टबाट निस्किने धूवाँको मुस्लोले घरमा बस्नै नसक्ने अवस्था रहेको स्थानीयहरूको गुनासो छ । यसबारेमा वडाध्यक्षद्वय गजेन्द्र पटेल र भरतप्रसाद कुर्मीको स्थानीयवासीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्याले दीर्घकालीन समाधान नपाएको बताइन्छ । 
मानव बस्तीभन्दा टाढा तोकिएको मापदण्ड पूरा गरी प्लान्ट स्थापना गर्नुपर्नेमा त्यस्तो नभएको बताइन्छ । 
    स्थानीयवासीको विरोधका कारण ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्शनका व्यवस्थापक ठाकुर ढकालले गत जेठ १४ गतेदेखि प्लान्टको काम बन्द गरेको थियो तर जेठ २२ गते पुनः प्लान्ट सञ्चालनमा आएको थियो । 
प्लान्टबाट निस्किने धुवाको मुस्लोको कारण स्थानीयवासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । तीन गाउँका बासिन्दाहरुमा आँखा पोल्ने, छाती दुख्ने लगायतको स्वास्थ्यको समस्या भइरहेकोमा सरोकारवाला निकाय किन मौन छ ? भन्दै प्रश्न गरिरहेका छन् । 
हेर्नुहोस् भिडियो र फोटो





COMMENTS

neelambAd

लाइक गरेर मनोबल बढाउनुहोस

Name

ad,40,article,68,bhojpuri,7,carousel,456,english,18,health,51,hindi,46,interview,5,main new,6,main news,1917,n,1,news,5354,newspaper,4,photo,487,rashiphal,50,reccent,11,recent,2510,sports,28,video,9,प्रमुख समाचार,102,राशीफल,2,स्थानीय समाचार,293,
ltr
item
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक: कालिका कन्स्टक्शनको प्लान्टले प्रदूषण फैलायो धुवाँले तीन गाउँ प्रभावित, मानव स्वास्थ्यमा प्रत्यक्ष असर
कालिका कन्स्टक्शनको प्लान्टले प्रदूषण फैलायो धुवाँले तीन गाउँ प्रभावित, मानव स्वास्थ्यमा प्रत्यक्ष असर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj-de7CHWMjJagbCZoCQdFuDzcKKOD6hJHMEkP2FVz5vtLRmIcxe86Evgtq-7IDNxGTc2nHsJcoC3IJJf3Svar6XhDykZeC7c_XjbHfnSpDsmlv_D1m1AM4IAqxyqZ893pQ856kIPa6zYk/w360-h640/IMG-20201130-WA0001-716859.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj-de7CHWMjJagbCZoCQdFuDzcKKOD6hJHMEkP2FVz5vtLRmIcxe86Evgtq-7IDNxGTc2nHsJcoC3IJJf3Svar6XhDykZeC7c_XjbHfnSpDsmlv_D1m1AM4IAqxyqZ893pQ856kIPa6zYk/s72-w360-c-h640/IMG-20201130-WA0001-716859.jpg
kaliyug sandesh daily । कलियुग सन्देश दैनिक
https://www.kaliyugsandesh.com.np/2020/11/blog-post_861.html
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/
https://www.kaliyugsandesh.com.np/2020/11/blog-post_861.html
true
3213981365862311693
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL समाचार संग्रह SEARCH सबै पोस्ट Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy