वीरगंज, १ असोज । नेपाल तथा भारतको सीमावर्ती क्षेत्रमा कौडा जुवा खेलको ठूलो हारजीत हुने गरेको छ । नेपाल तथा भारतमा कौडाको खेलमा प्रहरी प्रशासनले सक्रियता बढाए पछि अहिले वीरगंजको होटलहरुमा अवैध रुपमा जुवाको हारजित हुने गरेको छ ।
वीरगंज, बाराको मटिअर्वा, भारतको आदापुरलगायतको क्षेत्रमा अवैधरुपमा जुवाको खालमा ठूलो रकमको हारजित हुने गरेको छ ।
जुवा खालको नामूद मानिएका वीरगंज महानगरपालिका वडा नं. १२ निवासी स्व श्यासुन्दर (उर्फ सुन्दरी)ले पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म आफनो घरमा प्रशासनदेखि संचारकर्मीको सहयोगमा जुवाको कौडा खेल खेलाउने गर्दथे । उसको काम गर्ने शंकर ओझा उर्फ पण्डित थिए र श्याम सुन्दर स्वर्गवास भएपछि केही महीना जुवा खेल कौडा बन्द भएको थियो ।
तर भारतीय र स्थानीीय कौडा खेल्ने जुवाडेहरु शंकर ओझाको सम्पर्कमा रहेकोले ओझाले जुवाडेहरुलाई लुकाइ छिपाइ आफनो घरमा कौडा खेल शुरुवात गरेका थिए ।
जुवा खेलबाट राम्रो आम्दानी हुन थाल्यो तब उसले प्रशासनलाई र केही सञ्चारकर्मीको सहयोगमा पूर्णरुपमा कौडा जुवा खेल खेलाउने गरेका थिए ।
पर्सा जिल्लामा एसपी रमेश खरेलको समयमा पूर्णरुपमा कौडा जुवा खेल बन्द भएको थियो र आजसम्म कौडा बन्द खेल बन्द भएको छ ।
त्यसपछि कौडाका जुवाडेहरु वीरगंजबाट विस्थापित भई भारतको मटिहर्वा बोर्डरको आदापुरको कोइरिया गाउँको बाँसबारी खेतमा लुकीछिपी ठूलो रकमको कौडा खेल हुने गरेको छ ।
सो कौडा खेलमा लाखौंको हारजित हुने गरेको छ । जसले गर्दा दिनहुँजसो जुवाको खेल हुने गरेको छ ।
भदौ ३० गते आइतवार दिउँसो सो स्थानमा भारतीय एसएसबीका जवानहरुले घेराबन्दी गरी छापामारी गरेको थियो । छापामारीको क्रममा जुवा खेलिरहेका जुवाडेहरु खेतको बाटो भएर भागाभाग भएका थिए ।
भागाभागको क्रममा शंकर ओझा मटिअर्वा गाउँमा नेपाल प्रहरीको चेकजाँचको क्रममा नगदसहित पक्राउ परेका थिए । केही समय थुनामा रहेर उनी रिहा भएका छन् ।
मटिअर्वा बोर्डर आदापुर निवासी शम्भु साह कानु र छोटन मियाँ कौडा जुवा खेल सञ्चालक हुन् ।
भारतको रक्सौल, आदापुर, रामगढवा, चम्पापुरमा कौडा जुवा खेल प्रहरी प्रशासनको सक्रियताका कारण पूर्णरुपले बन्द भएपछि वीरगंजको होटलहरुमा १५–२० जनाको समूहले दिउँसो तीन बजेको समयमा प्रत्येक दिन होटल बदली बदली कौडा जुवा खेल खेलाइरहेको समााचार स्रोतको दावी छ ।

COMMENTS