वीरगंज, १७ चैत । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको अनियमित कार्यको पोल खुल्दै गएको छ । समितिको २७ औं साधारणसभामा उनको अनियमित कार्यको पोल खुलेको हो ।
अध्यक्ष देवान सरकारी शिक्षक हुन् उनी महीनामा एक पटक विद्यालय गएर पूरै महीनाको हाजिरी गरेर तलब खाल्छन् । कहिले पनि विद्यार्थीलाई पढाउंदैनन् । काम नै नगरी तलब भत्ता खान्छन् । सरकारी विद्यालयमा कार्यरत शिक्षकले दोहोरो सुविधा लिन पाउंदैन । तर समन्वय समिति पर्साको अध्यक्ष भएर देवानले दोहोरो सुविधा लिने गरेका छन् । सामाजिक संस्था जिल्ला समन्वय समितिमा देवानले गरेको अनियमित कार्य २७औं साधारणसाभमा कोही कसैले उठाउलान् भन्ने डरले उनले सीमित व्यक्तिहरुलाई मात्र बोलाए र साधारणसभा गरे । उनले आफना निकटका मात्र पत्रकारहरुलाई सभामा बोलाएका थिए र भत्तासमेत दिएका थिए । पत्रकारहरुले अनियमित कार्यको विषयमा प्रश्न उठाउन सक्ने र सार्वजनिक हुने डरले देवानले त्यसो गरेका हुन् ।
एनजिओसिसी पर्साको अध्यक्ष ब्राहिम देवान भएदेखि नै संस्था भूमिकाविहीन छ । करोडौंको बजेट कहां कसरी खर्च भइरहेको छ त्यसको कुनै हरहिसाब छैन । कागजी प्रक्रिया पूरा गरेर जनसेवाबापतको रकम हिनामिना गरिएको छ । हालसम्म खोजी गरिएको छैन । देवानले रकमी खेलमा सबैको मुखमा बिर्को लगाइदिएका छन् ।
COMMENTS