वीरगंज, ३ जेष्ठ ।
सोमवार पोखरीया नगरपालिकाको वडा नं १, २ र ३ मा गरिएको अनुगमन गरिएको र लापरवाही गरेको भेटिएको पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुनले जानकारी गराइन् । उपमेयर खातुनले स्थानीय युवाहरूले कोभिड विरूद्धका स्वास्थ्य सावधानीहरूको अवलम्बन गरेको नभेटिएको बताइन् ।
जगरनाथपुर गाउ""पालिकाको चिलझपट्टीमा समुदायमा फैलिएको संक्रमणतर्फ इंगित गर्दै उनले छिमेकी गाउ""मा संक्रमण भयावह रूपमा फैलिएको थाहा भएर पनि स्थानीयहरूले अवस्थालाई हलुका रूपमा लिएको पोष्टमा उल्लेख गरेकी छन् ।
उनले ग्रामीण भेगमा फैलिएको संक्रमणको संख्यालाई उकालो लाग्न नदिनका लागि अनुगमन अभियान सञ्चालन गरिरहेको बताइन् । अनुगमनका क्रममा मास्क नलगाएकाहरूलाई मास्क प्रदान गरिएको थियो ।
सामाजिक शाखा सह संयोजक नरेन्द्र साह, स्वास्थ्य शाखा सह संयोजक विश्वानाथ साह, सशस्त्र प्रहरी प्रतिनिधी र नेपाल प्रहरीको प्रतिनिधीको संयुक्त टोलीले अनुगमन गरेको हो ।
COMMENTS