वीरगंज, १५ कात्तिक । २६ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा विभिन्न संघसंस्थाले सचेतनामूलक ¥याली प्रदर्शन गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी पर्साको आयोजना र बिद्यार्थी जागरण मन्च, आराधना समाज, सहयात्री समाज, निता फाउण्डेसन, बारा प्लस र वीरगंज महानगरपालिका तथा स्वास्थ्य कार्यालयको सहकार्यमा घण्टाघरमा सचेतनामूलक कार्यक्रम गरेको थियो । सुरक्षा मापदण्ड अपनाएर गरिएको कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालय प्रमुख उदयराज शर्माले गरेका थिए । कार्यक्रममा आराधना समाजका अवधेस साह र वीरगंज महानगर स्वास्थ्य महाशाखाका स्वास्थ निरीक्ष्Fक सुमनचन्द्र ठाकुरले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बिजामका निरज साहले गरेका थिए ।
COMMENTS